रारा यात्रा
२०७२-०७-०९ \गते बेलुकी ६ बजे
२०७२-०७-०९ \गते बेलुकी ६ बजे
पहाडको काखमा
रङ चोर्दै
रमाउछे सारालाई
मनैबाट प्रेम छ
मुगुकि ति चेली
रारालाई
भर्खर तिहारको रमझमले न्यानो माया बटुलेर दिदी बहिनीको कोसेली थापी हाँसी खुशी रमाएर साथ बिताएको दिनहरुलाई मिठो सम्झनाको सङग्रालयमा सुरक्षित राखी। हामी लाग्यौँ । हाम्रो प्रतिक्षामा दूर दूर क्षितिज हेर्दै कुरीरहेकी चेली जो आकाशको रङ्ग चोर्न माहिर छे, पूmलहरुको वास्नालाई आपूmमा मिसाउने खप्पीस छे अनि बरालिँदै बगेको हावालाई आफ्नो जोवनको छिट्का झर्न आँतुर रहेकी विशाल मन भएकी, सजिलै लठ्ठयाउन सक्ने क्षमता भएकी हाम्रो प्यारी चेली “रारा” लाई भेट्न जुन हामीले महिनौ देखी कुरीरहेको थियौँ ।
यात्रा सुरुवात भयो मध्य पश्चिमाञ्चलमा अवस्थित मुगु जिल्लाको रारा ताल जहाँ पुग्न झण्डै चार दिन लाग्छ । यात्राको मनोरञ्जन विमान र बस दुवैबाट लिन सकिन्छ । विमानबाट जाने हो भने दुई दिनमा पुग्न सकिन्छ र गाडीबाट ३÷४ दिन । हामीले बसबाट जाने निर्णय ग¥यौँ सुर्खेत, कालीकोट हुदै । सुर्खेत टिकट लियौँ । भाडा २६०० दुई जना । आरामदायी बसहरुले गदौ यात्रा आरामले वित्यो । बेलुकी ६ः३० बजे हिडेको विहान १० बजे आइपुग्यौँ सुर्खेत । त्यस दिन सुर्खेत बस्ने निर्णय ग¥यौँ । भोलिपल्ट माङ्गमासम्म पुग्ने बसको टिकट काट्यौं २६०० रुपैँया । होटल छान्यौँ र सामान राख्यौँ । खाना खाएर सुर्खेत घुम्न निस्क्यौँ । यहाँ अवस्थित बुलबुले ताल निकै चर्चित छ । त्यसको फन्को मा¥यौँ । अर्काे पर्यटकीयस्थल काँक्रे विहार घुम्यौँ जहाँ बुद्धले परापूर्वकालमा ध्यान बसेका थिए । दिनभर घुम्यौँ । साँझपख घण्टाघर र सुर्खेत घुमे पश्चात् पहिलो दिनलाई मिठो र आरामको निदाईले विदाई ग¥यौँ ।
दोस्रो दिन (भोलीपल्ट) विहान ७ बजेको गाडी चढ्यौँ जुम्ला जाने । आज देखी मुगु यात्रा सुरु भएको थियो । सम्म परेका भूभाग र हरिया फाँटहरु देख्दा खुशी छाएको थियो । विस्तार उकालो, ओराली गर्दै, पहाडका भित्ताहरु छिचोल्दै अघि बढ्यौँ । करीव ११ बजेतिर पातलखोला भन्ने ठाउँमा आएर खाजा खायौँ । आधा घण्टाको विश्राम पछि पुनः गाडी अघि बढ्यो । घरी पहिरो बाटोलाई पार गर्नु पथ्र्याे त घरी एस ९क्० मोड जस्तो बाटालाई । बाटोको स्थिति हेदौ निकै बिग्रेको र दुर्घटना हुने प्रबल सम्भावना देखिन्थ्यो । मुनि कर्णाली नदी अनि माथि पहिरो बिच्चमा भत्केको बाटो । दुई ठाउँमा त मरे भैm आभास भयो । गाडी पल्टे देखी निकै तलको खोलामा पुगिन्थ्यो । रात पर्न आँटेको थियो तर मुख्य गन्तव्यस्थल ”कालीकोट“ पुग्न ३÷४ घण्टा लाग्थ्यो । हुल्म भन्ने ठाउँमा प्रहरीले अघि बढन दिएन र त्यस रात त्यही बास बस्यौँ । बिहान ४ बजे उठ्यौँ र गाडी पुनः अघि बढ्यो जुम्ला तर्पm कालीकोट, मान्मा, हुदैँ । मान्मा साँढे ६ तिर आईपुग्यौँ । बिहानको चिया, नास्ता त्यहीँ ग¥यौँ र लाग्यौँ । मान्माबाट ३ घण्टा माथि गाडीको टायर पञ्चर भएकोले २ः३० घण्टा जति कुर्नुप¥यो । हामी हिड्दैँ अघि बढ्यौँ । पिले भन्नी ठाउँमा चाउचाउ सुप खाएर हिड्न थाल्यौँ अघि । धेरै वर्ष अघि जुम्लाका ३० जना मानिसहरु बिर्तामोड भन्ने ठाउँमा ज्यान गुमाएका थिए । निकै घुमौरो थियो त्यस ठाउँ । विचार पु¥याएन भने अहिले पनि धेरै दुर्घटना हुन सक्छ । त्यहाँबाट एकछिन हिडेपछि एउटा होटलमा पस्यौँ र माछा जेरी खायौँ । साह्रै नै रमाइलो महशुस हुदैँ थियो । केहिछिन पछि गाडी आयो र चढ्यौँ । करीव ३ घण्टाको कच्ची सडक पहाडको बाटो छिचोल्दै हामी ३ बजेतिर नाग्मा आईपुग्यौँ । नाग्मा कालिकोट र जुम्लाको सिमाना पर्दछ । त्यहाँबाट गाडीको रुपमा ”स्वराज“ ट्रयाक्टरहरु जाँदा रहेछन् गमगडीसम्म । हामी भने हिड्दै गयौँ सर—सामान (टेन्ट, स्लिपिङ व्याग, खानेकुरा) बोकेर । करीब ३ घण्टा जति हिडेँ पश्चात एउटा होटल भेट्यौँ । रातको बास त्यही बस्यौँ । बिजुली बत्ती भएकाले मोबाईल क्यामेरा चार्ज ग¥यौँ । रातको खानामा साग, आलु आए पश्चात सुत्न लाग्यौँ । बिहान सबेरै ५ बजे उठ्यौँ र लाग्यौँ सिंजा भ्याली तर्पm । सिंजा गाउँ निकै लोभलाग्दो थियो । सम्म परेका धानका फाँटहरु ठूला चौरजस्ता छेउमै बगेका खोलाहरुले दृश्य झन् रमाईलो थियो जुम्लाको सिंजा गाउँमा ।
मानिसहरुको भेषभुसा, रहनसहन, बोलि व्यवहार मिजासिलो थियो । सिंजा गाउँमा प्राचीन समयका दरबारहरु पनि देखिए, पौराणिक कथा अनुसार त्यहाँ अवस्थित पाण्डवका गुफा पनि रहेछन् । धार्मिक पर्यटकहरु सिंजामा भित्रायाउन सकिन्छ, आन्तरीक पर्यटक भएपनि । हिडँदा हिडँदा भोकले पेट दुखिसकेको थियो । लगेको स्याउ र चाउचाउ खायौँ बाटामा । केहि राहत भयो पेटमा । करीव १ बजेतिर गोठीचौर पुग्यौँ । त्यहाँ रातो चामलको भात, जुम्लाको घ्यू र अचार स्वादले खाएपछि केहि समय आराम ग¥यौँ । गमगढी तिर जाने सरकारी गाडी फेला पा¥यौँ । अनुरोध ग¥यौँ लैजानका लागि । केहि समयको कुराकानी पश्चात पछाडी बस्नुपर्छ आफ्नै जोखिममा भन्ने कुरा निस्क्यो । बाटाहरु चट्टान फोडेर निर्माण गरिएका थिए । हामी जाने भयौँ । त्यहाँका स्थानीय एउटा दाजुबाट स्याउ र चामल कोसेली स्वरुप किनेर हामी लाग्यौँ गमगढीतर्प
पछाडी बसेका गाडीले खुब उफार्याे । धुलोले पनि जीउ ढाकीसकेको थियो । उफ्री–पाफ्री गर्दै, चट्टानका उकालो चढ्दै जङ्गलका बाटाहरु नियाल्दै यात्राका मनोरञ्जन लिई बसेका थियौँ । ट्रक र ट्रयाक्टरले सडकहरु बिग्रिएका थियो । कहिँकतै उत्रेर ढकेल्न प¥यो । बीच बाटामा हाम्रो गाढी हिलोको दलदलमा फस्यो । अनेकौँ कोसिस गरेर भएपछि करिव आधा घण्टा जतिमा गाडीले अघि बढन सक्यो । त्यस रात ढोतु भन्ने ठाउँमा बस्यौँ र रात वितायौ । भोलिपल्ट रारा जाने तरखर ग¥यौ । त्यस ठाउँबाट राार पुग्न करिब ३ घण्टा लाग्दो रहेछ सिधा उकालो बाटो रहेछ । लगेका केहि सामान त्यहीँ होटलमा छोडेर लाग्यौँ मास्तिर । झ्याली गाउँ हुदै रारा ताल पुग्न सकिन्छ ।
बीच बाटामा पर्ने गाउँका मानिसको रहनसहन, दैनिक कामकार्य यसैगरी गाउँ सकिने बित्तिकै रुखै–रुखको शितलतामा रमाउँदै उकालो यात्रा पार गर्न सकिन्छ । केहि समयको हिडाँई पश्चात् गाडीको बाटो मेट्न सकिन्छ । त्यसबाटो हिडेर करिब १ घण्टाको पैदल यात्रा पश्चात पुग्यौ राराको सुन्दर काखमा । कुनै निलो काखमा आफुलाई पाए । जति विशाल छ यो ताल त्यो भन्दा पनि बढी छ त्यसको सुन्दरता । सपना थियो राराको काखमा आफुलाई बिसाउने त्यो इच्छा पुरा भयो । शब्दमा बयान गर्न मिल्दैन रारा तालको सुन्दरताको बारेमा । विभिन्न रङ(दुई तीन थरी) फेर्न जानेकी छे राराले र सबैलाई आफ्नो बैशमा लठ्याउन सक्ने प्रतिभा छ रारामा । जहिले तस्विरमा देखेको रारालाई आफ्नो आँखा अघि देख्न पाउँदा मन निकै रोमाञ्चित भयो ।
ारा तालको छेउमै ठुलो चौर छ मिलीचौर नामको । जेठ, असार मसान्तमा यहाँ विभिन्न रङका फुलहरु फुलेर यसको सुन्दरतालाई झन सुनमा सुगन्ध थपिदिन्छन् । मिलिचौरमा केहि समयको विश्राम पछि हामी लाग्यौ माथि तालछेउमा अवस्थित होटल तर्फ । जलबायु सम्वन्धीको कार्यकम त्यहाँ भइरहेको थियो । विभिन्न निकाय सरकारी र निजी क्षेत्रका मानिसहरु त्यस सभामा उपस्थित थिए । लगभग २०० जतिको भीड थियो त्यहाँ । चारैतिर टेन्टहरु गाडिएका थिए । एउटा मात्र होटल भएकाले बस्ने खानेको उपलब्ध हुन सकेको थिएन । त्यस दिन त्यही माहोलमा सामेल भयौ र रातमा आफ्नै टेन्टमा सुत्यौ । नेपालकै ठुलो तालमा सुत्ने सपना पनि पुरा भयो । रातमा निकै जाडो भयो । थर्मसमा पानी थियो कफी बनाएर खायौँ । त्यसपछि अर्ध–निद्रामा त्यस रात काटियो । बिहान झिसमिसेमा उठियो र सुर्योदय हेरियो । बिहानी समयमा राराको सुन्दरताले झन् बेग्लै रुप लिन्छ । त्यी घामका किरणले विस्तार ताललाई छुँदा तालको रङ नै फेरिन्थ्यो । घरी तालले सुनौलो रङ लगाउँछ, घरी निलो, रातो र हरियो । आँखै अगाडि ठुलो ताल र त्यसको छाललाई नियालीरहँदा मनमा धेरै थोक उम्रन्छ । लाग्छ स्वर्ग अन्त कतै नभएर यही छ । रारा ताल लगभग ५ कि.मि. जती छ र यो पुरै परिक्रमा गर्न करिब ३÷४ घण्टा लाग्छ । यसको सुन्दरता जति रमाए पनि त्यो कम हुन्छ । यसको यही विशेषता हो । रारालाई अझै राम्रोसँग नियाल्न यसको सुन्दरतालाई हेर्न नजिकै रहेको मुर्मा टप अवलोकन गर्न सकिन्छ । डाँडामा रहेकोले यस ठाउँबाट राराको दृश्य झन् लोभदायिक रहन्छ ।
स्थानीय बासिन्दाहरुका अनुसार रारा तालको उचित रुपमा संरक्षण भइरहेको छैन । यस तालले राष्ट्रको पहिचान र गौरव विश्वभर चिनाउने भएकाले पनि पर्याप्त मात्रामा यसको विकासमा जोड दिनु पर्छ भन्ने उनीहरुको मान्यता थियो । नयाँ सुविधा सम्पन्न होटल, तालवरीपरी पर्यटक आउँदा घुम्न मिल्ने व्यवस्था फोहर व्यवस्थापन, स्थानीय गाउँलेको पनि सहभागीता गराउनु पर्ने होटल सञ्चालनमा ल्याउन इत्यादि । रारा ताल नजिकै आर्मीको सानो गुल्म पनि थियो । त्यस ताल वरीपरि र राष्ट्रिय निकुञ्ज भित्र आइपर्ने समस्या जस्तै चोरी शिकारी तस्करी तालमा संरक्षण गरिएका माछाको विनाश आदि गर्नेलाई मुद्दा चलाएर कडा कारबाही गर्ने गरिएको रहेछ । यो कुरा सुनेर निकै खुसी रहयो । जे जस्तो भए पनि ताललाई जोगाउन सबैतर्फबाट प्रयास जारी रहेछ । करिब २ दिनको बसाँई पश्चात् तेस्रो दिनको विहान हामी लाग्यौ । मुुगुको ताल्या एयरपोर्ट तर्फ । त्यहाँबाट एयरपोर्ट पुग्न करीव ३ घण्टा लाग्थ्यो ।, तेर्सो बाटो, कतै ओरालो, जङ्गलको बास्ना लिँदै हिड्न मिल्ने । बिहान ८ बजे हिँडेको हामी ११ः०० बजेतिर इयरपोर्ट पुग्यौ । एयरपोर्ट भन्नु मात्रको थियो । जहाज कहाँ उड्छ र कहाँ अवतरण गर्छ छुटट्याउनै गाह्रो । रनवे थियो पिच नगरिएको स्थिति कमजोर । सम्मेलनमा मानिसहरुलाई पहिलो पठाउने कार्यक्रम रहेकाले हामीले २ दिन एयरपोर्ट मै बस्नुपर्यो । सबैको गुनासो एउटै एउटै थियो एयरपोर्ट चाँडै बने हुन्थ्यो र रारा तालको बारेमा सबैलाई थाहा भए हुन्थ्यो । यसरी तेस्रो दिनको दिन नेपालगञ्ज उडेर भोलिपल्ट काठमाडौं भित्रियौ ।
By Samip Mainali
Comments
Post a Comment