Kalo Pothi Review :- Nepali Movie



एक चोटि अबस्य हेर्नु होला कालो पोथी




 नेपाल मा १२ वर्षम्म माओवादि जनयुद्ध कालको भुमरी छायो । यसको
प्रत्यक्ष असर सहरहरु भन्दा पनि देशका ग्रामीण गाँउ र त्यहाँ बसोबास
  गर्ने  मानिसहरुमा पर्यो । देशका पश्चिमभाग जस्तै हुम्ला ,रोल्पा ,मुगु
 ,बझाङको जालो फैलिँदै गयो र मारमा परे पैँतलापनि राम्ररी नकस्सिएका
 किशोर किशोरीहरु।












यस्तै ह्दय विदारक तस्बिरहरुलाई एक ठाँउमा गाभेर उनीहरूकै आँशुलाई फलिसकेको कलममा भरेर मुगुको त्यस बेलाको वास्तविक चित्रण  फिल्म “कालो पोथी“ मा कथाकार मिन बहादुर भाम र अबिनास बिक्रम शाह,सन्तोष भट्टराई र कुसङ राईले गरेका छन् । निर्देशकको रुपमा भने मिन बहादुर भाम स्वयं आफै छन् ।



           



चलचित्रमा प्रकाश र किरणलाई मुख्य पात्रको रुपमा राखिएको छ भने यिनीहरू बिच रहेको  जातिय विभेद र मित्रतालाई मार्मिक  तरिकाले प्रस्तुत गरिएको छ । जनसेनाले आफ्नि मृत्युवरण गरेकी आमा सरह दिदीलाई लगे पछि स्नेहपनबाट वञ्चित प्रकाशले देखीरहने सपना पनि
चलचित्रमा कौतुहलताको विषय रहेको छ ।



 आफ्ना बाबुले दुई पैसाको लोभमा रहेर दिदीले छोडिएको कालो पोथी बेचेपछि कथाले नयाँ  मोड लिन्छ । दुई मित्रताको संघर्षरत यात्रा बखत बिच बाटामा सरकार पक्ष र जनसेना बिच भिडन्तमा अल्झेको कहालिलाग्दो दृश्यले जनयुद्ध कालको समयमा पुगाउँदछ । मुगुको भौगोलिक बनावट, मानिसहरुको जीवनस्तर र नेपालकै स्वर्गरुपि ताल ञञरारा ताल“ को सानो टुक्रा देखाएर यस ठाँउको  गहनाको रुपमा पनि दर्शक माझलाई चिनाउन खोजिएको छ । एक शैलीमा भन्नु पर्दा चलचित्र  ञञकालो पोथीझझ ले मुगुको त्यस युद्ध बखत घाउको पिडामा अलिकति मुस्कान मिसाएर दर्शक श्रोताहरुलाई देखाउन खोजेको छ ।

BY Samip Mainaly

Comments

Post a Comment